६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुरथिमिको प्रथम नगरसभाद्वारा कार्यविधि पारित



भक्तपुर । नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि सुरु भएको मध्यपुरथिमि नगरपालिकाको प्रथम नगरसभाले नगरपालिका सञ्चालनसम्बन्धी विभिन्न कार्यविधि पारित गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको सभाले नगरपालिका सञ्चालनसम्बन्धी विभिन्न कार्यविधि पारित गरेको कार्यकारी अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।

जिल्लाका भक्तपुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामध्ये नगरसभा गर्ने पहिलो मध्यपुरथिमि नगरपालिकाले नगरसभाले नगरपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण, कार्यविधि, नियमावली २०७४ को अनुमोदन गरेको छ । साथै नगरपालिका बैठक सञ्चालन कार्यविधि २०७४ अनुमोदन गरिएको ज्ञवालीले जानकारी दिए ।

सभाले यही असार २५ गते नगरपालिकाको बजेट सार्वजनिक गर्ने र बजेट तथा नीति कार्यक्रममाथि दफाबार छलफल गरेर असार ३० गते पारित गर्ने छ । रासस

प्रकाशित मिति : २१ असार २०७४, बुधबार ००:००