विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । प्रमुख पदमा नेपाली कांग्रेसका भीम पराजुलीले ९ हजार १२४, एमालेका विनोद ढकालले ६ हजार ४४६ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले ५ हजार ३५७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखको पदमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीले ७ हजार ७४०, नेकपा (माओवादी केन्द्र)की नमिता न्योपानेले ३ हजार ८१४ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौंधरीले ३ हजार ७३१ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया