१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजापुरमा माओवादी केन्द्र, बाँसगढीमा एमाले



गुलरिया (बर्दिया) । राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र विजयी भएको छ । नगर प्रमुखमा शिव थारु नौ हजार ४९७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपकजङ्ग शाहले आठ हजार ६०६ मत प्राप्त गरे ।

उपप्रमुखमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरी ९ हजार २१९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा चौधरीले ८ हजार ५७० मत प्राप्त गरिन् ।

यसैगरी बाँसगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा शालिकराम अधिकारी ८ हजार ७८५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विनाराम थारुले सात हजार ८२२ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी सुस्मा चौधरी नौ हजार २९५ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भूमी विकले सात हजार ३४८ मत प्राप्त गरिन् । रासस

प्रकाशित मिति : २० असार २०७४, मंगलबार ००:००