१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीः चार तहमा कांग्रेस विजयी



इटहरी । सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नतिजाअनुसार दुई नगरपालिका र दुई गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । सोअनुसार इनरुवा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले प्रमुख र उपप्रमुखका बाजी मारेका छन् ।

रामधुनी नगरपालिका प्रमुखमा पनि कांग्रेसका उम्मेदवार तथा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले जितेका छन् । दुवै नगरपालिकाको मतगणनाको नतिजा भने सार्वजनिक हुन समय लाग्ने बताइएको छ ।

त्यसैगरी दक्षिणी क्षेत्रमा रहेको देवानगन्ज गाउँपालिकामा कांग्रेसका गफ्फार अन्सारी पाँच हजार ६५२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका हेमनारायण मेहताले तीन हजार ६३५ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै रिमझिमकुमारी भगत पाँच हजार ९६ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी फोरमकै सुनितादेवी मेहताले दुई हजार ९७६ मत प्राप्त गरिन् ।

त्यस्तै गढी गाउँपालिकामा पनि कांग्रेसकै श्रीप्रसाद यादव पाँच हजार ५२ मत प्राप्त गरी अध्यक्षमा तथा उपप्रमुखमा राजकुमारी चौधरी चार हजार ८१९ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका वीरनारायण चौधरीले चार हजार ६४ र लालो थरुनीले तीन हजार ६५५ मत प्राप्त गरेका छन् ।

इटहरी उपमहानगरपालिकाको मतगणनाको पछिल्लो नतिजानुसार एमालेका प्रमुखका उम्मेदवार द्वारिकालाल चौधरीले ११ हजार २७४ र उपप्रमुखका उम्मेदवार लक्ष्मी गौतमले १० हजार ८०९ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन् भने कांग्रेसका प्रमुख पदका उम्मेदवार रोहित प्रसार्इंले १० हजार ५७८ र उपप्रमुखका उम्मेदवार विमला ढकालले नौ हजार ९७६ मत प्राप्त गरी पच्छ्याइरहेका छन् । अहिले उपमहानगरपालिकाका वडा नं २, ४, ५, ६, १६ र १७ को मतगणना जारी छ ।

यता धरानमा भने वडा नं ९ को मतगणना भइरहँदा झरेको मतभन्दा केही मतपत्र बढी भएको भन्दै माओवादी केन्द्रका प्रतिनिधिले विरोध जनाउँदै मतगणना रोकेपछि धरानमा रातिदेखि नै मतगणना स्थगन भएको छ । रासस

प्रकाशित मिति : २० असार २०७४, मंगलबार ००:००