१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा ६ वटा तहमा कांग्रेस, ३ वटामा एमाले



बाजुरा । जिल्लामा कुल नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली कांग्रेस र तीनवटामा नेकपा एमाले विजयी भएको छ । कांग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका तथा एमाले तीनवटा गाउँपालिकामा विजयी भएको छ ।

कांग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा विजयी भएको छ भने एमाले स्वामिकार्तिक, पाण्डवगुफा र गौमुल गाउँपालिकामा विजयी भएको छ ।

जिल्लाका कुल ६९ वडा मध्ये ३४ वडाध्यक्षमा कांग्रेस, ३२ वडाध्यक्षमा एमाले र तीनवटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् ।

बूढीनन्दा गाउँपालिकाको अध्यक्षमा पद्मकुमार गिरी तीन हजार ३३६ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनककुमार बोहराले तीन हजार १८७ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी सृष्टि रेग्मी तीन हजार ३०८ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रीता सिंहले तीन हजार १८० मत प्राप्त गरिन् । रासस

प्रकाशित मिति : १९ असार २०७४, सोमबार ००:००