बनियानी (झापा) । झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । अन्जर आलमले पाँच हजार ८१६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् भने उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कालेन्द्र राजवंशीले पाँच हजार ३५३ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा निमसरी राजवंशीले पाँच हजार ७७४ मत प्राप्त गरी विजयी भइन् भने उनकी निकटम् प्रतिद्वन्द्वी कांग्रेसकी गीता खरेल ओडारीले पाँच हजार ७७ मत प्राप्त गरिन् ।
त्यस्तै, सो गाउँपालिकाको वडा नं १, ३, ५ को वडाध्यक्षमा राप्रपाकै क्रमशः लक्ष्मी यादव ८६०, विजयकुमार राजवंशी ८७७ र महेशलाल गशेणले ८३७ मत प्राप्त गरी विजयी भएका छन् ।
यसैगरी वडा नं २ र ६ को वडाध्यक्षमा एमालेका क्रमशः मेखबहादुर भट्टराई ६७९ र कुलबहादुर कार्कीले ९८९ मत प्राप्त गरी विजयी भएका छन् । वडा नं।४ र ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका क्रमशः परमानन्दसिंह राजवंशीले ७८७ र भरत राजवंशीले ६९५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत देवीबहादुर भण्डारीले जानकारी दिए ।
कुल २५ हजार ७४९ मतदाता रहेको सो गाउँपालिकामा १९ हजार ५०१ जनाले मतदान गरेका थिए । रासस
प्रतिक्रिया