८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुहवी नगरपालिकामा लोकतान्त्रिक फोरम विजयी



इटहरी । दुहवी नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका प्रमुखका उम्मेदवार वेदनारायण गच्छदारले सात हजार ४२० मत प्राप्त गरी विजयी भएका छन् भने उपप्रमुखमा सोही पार्टीकी उम्मेदवार सुनिता दाहाल साह छ हजार ६८३ मत प्राप्त गरी विजयी भइन् ।

उनको निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार गौरीशङ्कर रौनियारले पाँच हजार ६१५ मत प्राप्त गरे भने कांग्रेसकै उपपमुखका उम्मेदवार कल्पना कार्कीले पाँच हजार ६० मत प्राप्त गरिन् ।

त्यसैगरी बर्जुगाउँपालिकामा लोकतान्त्रिक फोरमका अध्यक्षका उम्मेदवार रघुनन्दन चौधरीले चार हजार ७३४ मत तथा सोही पार्टीका उपाध्यक्षका उम्मेदवार सङ्गीताकुमारी रायले चार हजार ६२२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार फनिलाल चौधरीले तीन हजार ६९२ मत र सोही पार्टीका उपाध्यक्षमा उम्मेदवार सोमकुमारी गुरुङ रायले तीन हजार ३६८ मत ल्याइन् । रासस

प्रकाशित मिति : १९ असार २०७४, सोमबार ००:००