३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुम्बु पासाङल्हामु गाउँपालिकामा एमालेको प्यानलै विजयी



सल्लेरी (सोलुखुम्बु) । खुम्बु पासाङल्हामु गाउँपालिकामा नेकपा एमालेको प्यानल विजयी भएको छ । पाँच वडा रहेको यस गाउँपालिकाका सम्पूर्ण वडा र गाउँपालिकामा नै एमाले विजयी भएको हो ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका ङिमदोर्जी शेर्पाले उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई २२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् । उनले एकहजार ४२४ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा एमालेकै टासील्हामु शेर्पा एकहजार ४२१ मतसहित विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।

यस्तै, नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चुङ्बा शेर्पाले एक हजार ४०२ उपप्रमुखमा नाङल्हामु शेर्पाले ८४६ मत प्राप्त गरेका छन् । पाँच वडा रहेको यस गाउँपालिकाको वडा नं १ मा ङिमा दोर्जी शेर्पा, २ मा आङफुर्वा शेर्पा, ३ मा मिङ्मार छिरिङ शेर्पा, ४ मा लक्षण अधिकारी र ५ नं वडामा छिरिङतेन्जु शेर्पा विजयी भएका छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००