विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।
सो पार्टीबाट प्रमुखका उम्मेदवार भीम पराजुलीले एक हजार सात सय ४५ मत, नेकपा एमालेका विनोदकुमार ढकालले एक हजार दुई सय ३६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ सय ९१ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्कीले एक हजार पाँच सय नौ, माओवादी केन्द्रका नमिता न्यौपानेले सात सय ३३ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले छ सय ८५ मत प्राप्त गरेका छन् । उन्नाइस वटा वडा रहेको विराटनगरमा यतिखेर १, २, ३, ४, १७ र १८ नं वडाको मतगणना भइरहेको छ । रासस
प्रतिक्रिया