१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामपुर–२ मा कांग्रेस, ९ मा एमाले, निस्दी गाउँपालिकामा एमाले



रामपुर नगरपालिका वडा नं २ मा कांग्रेस र ९ मा एमालेको पूरै समूह विजयी भएका छन् । वडा नं २ मा कांग्रेसका ताराबहादुर थापासहितको समूह विजयी भएको छ । थापाले पाँच सय ६८ र उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पदमबहादुर कुमालले तीन सय २७ मत ल्याएका छन् ।

त्यसै गरी वडा नं ९ मा एमालेका इच्छाराम सिञ्जालीसहितको समूह निर्वाचित भएको छ । सिञ्जालीले छ सय ६७ उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका ज्ञानबहादुर गाहाले पाँच सय ७१ मत पाएका छन् । वडा नं १ र १० को शुक्रबार नै मत परिणाम सार्वजनिक भइसकेको छ भने अहिले वडा नं ३ र ८ को मतगणना भइरहेको छ ।

निस्दीमा एमाले

निस्दी गाउँपालिकामा एमालेका मुक्तबहादुर सारु विजयी भएका छन् । उनले पाँच हजार तीन सय २० र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शालिकराम पाण्डेयले दुई हजार दुई सय ५३ मत ल्याएका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकै रीता अर्याल निर्वाचित भएकी छन् । अर्यालले पाँच हजार दुई सय ५६ र उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बलु गैरेले दुई हजार एक सय ८५ मत पाएकी छन् ।

निस्दी गाउँपालिकाका सात वटा वडामध्ये १ र ७ मा कांग्रेसको समूह तथा २, ३, ४, ५ र ६ मा एमालेको समूह विजयी भएको निर्वाचन अधिकृत कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए ।

वडा नं १ मा कांग्रेसका पूर्णबहादुर खाँण, २ मा एमालेका पूर्णबहादुर बाकाबल, ३ मा लक्ष्मीप्रसाद पाटा मगर, ४ मा नीरबहादुर सुनारी, ५ मा भीमबहादुर सुनारी, ६ मा मेखबहादुर सुनारी तथा ७ मा कांग्रेसका गगनसिं सोती निर्वाचित भएका छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००