१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाकाली नगरपालिकामा कांग्रेस विजयी



दार्चुला । सदरमुकामको महाकाली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा कांग्रेसका हंशराज भट्ट चार हजार ४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नरसिंह चैसिरले तीन हजार ५८६ मत प्राप्त गरे ।

यस्तै नगर उपप्रमुखमा कांग्रेसकी सुना बोहराले चार हजार १३२ मत प्राप्त गरी विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गा धामीले तीन हजार ३४४ मत प्राप्त गरिन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाका अनुसार महाकाली नगरपालिकाका नौवटा वडा मध्ये आठवटामा कांग्रेस र एउटामा एमाले विजयी भएको छ । कांग्रेसबाट वडाध्यक्षमा क्रमशः महाकाली नगरपालिका– १ मा कल्यानसिंह कुँवर, २ मा गौरसिंह साहु, ३ मा पदमसिंह महर, ४ मा पुष्करराज जोशी, ५ मा तोरनप्रसाद अवस्थी, ६ मा चक्रसिंह बोहरा, ७ मा दिनेशराज जोशी र ८ मा चन्द्रसिंह विष्ट विजयी भएका छन् । एमालेका हरसिंह डाँगा वडा नं– ९ को वडाध्यक्षमा विजयी भएका छन् । रासस

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार ००:००