भोजपुर । भोजपुर नगरपालिका ३, ४, ७ र ८ नं वडामा नेपाली कांग्रेस विजयी भएको छ भने भोजपुर नगरपालिका १ मा माओवादी केन्द्र र भोजपुर नगरपालिका २ मा नेकपा एमाले विजयी भएको छ ।
भोजपुर नगरपलिका ३ को वडाध्यक्षमा कांग्रेसका कमल राईको समूह विजयी भएको छ । राईले ४१४ मत प्राप्त गरी एमाले उम्मेदवारलाई पराजित गरेका हुन् । भोजपुर नगरपालिका ४ को वडाध्यक्षमा कांग्रेसका प्रेम भण्डारी ५२८ ल्याई विजयी भए । उक्त वडामा कांग्रेसको पुरै समूह विजयी भएको छ ।
यस्तै भोजपुर नगरपालिका ८ को वडाध्यक्षमा कांग्रेसका गोपाल कार्की १९३ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन प्रधानले १५२ मत प्राप्त गरे । सो वडामा कांग्रेसको पुरै समूह विजयी भएको हो ।
यसैगरी भोजपुर नगरपालिका ७ को वडाध्यक्षमा कांग्रेसका जयबहादुर तामाङ ३२६ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सीताराम श्रेष्ठले २५७ मत प्राप्त गरे ।
त्यस्तै भोजपुर नगरपालिका १ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु भुजेल २०७ मत ल्याई विजयी भए । सो वडामा माओवादी केन्द्रको पुरै समूह विजयी भयो ।
भोजपुर नगरपालिका २ को वडाध्यक्षमा एमालेका कुमार राई ३२६ मत ल्याई विजयी भए । उक्त वडामा एमालेको पुरै समूह विजयी भएको हो । रासस
प्रतिक्रिया