१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढीनन्दा ३, पाटन ५ र छेडेदह गाउँपालिकामा कांग्रेस विजयी



बाजुरा । छेडेदह गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं पाँच वटा वडा अध्यक्षमा नेपाली कांग्रेसका समूह विजयी भएका छन् । सो गाउँपालिकाका अध्यक्षमा कांग्रेसका नरबहादुर रावतले तीन हजार ७०५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर ओलीले तीन हजार १०० मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै कुन्ती साउदले तीन हजार ६७१ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा शाहीले तीन हजार १२५ मत प्राप्त गरेकी छन् ।

छेडेदह गाउँपालिकामा कांग्रेसले पाँच वडामा विजय हासिल गरेको छ भने एमालेले दुई वडामा विजयी भएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।

बूढीनन्दा नगरपालिका–३ मा कांग्रेस विजयी

त्यस्तै बूढीनन्दा नगरपालिका–३ मा नेपाली कांग्रेस समूह विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार रामबहादुर बोहराले ५०७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर रोकायाले ४५३ मत प्राप्त गरेका छन् ।

यसैगरी वडा सदस्यमा कांग्रेसका कपुर विक, गगनबहादुर रोकाया, अम्बिका बोहरा र रिउली ल्वार विजयी भएको निर्वाचन अधिकृत नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

पाटन– ५ मा कांग्रेस विजयी

बैतडीको पाटन नगरपालिकाको– ५ मा नेपाली कांग्रेसका फुनीसिंह बोहरा २७१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका भरतसिंह ठगुन्नाले २५० मत ल्याएका छन् । चार सदस्यमा भने एमालेका वसन्ती ठगुन्ना, द्रौपती विक, नरेन्द्र चन्द र ललित ठगुन्ना विजयी भएका छन् । रासस

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार ००:००