१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गढवा गाउँपालिका –१ मा एमाले विजयी



तुलसीपुर (दाङ) । गढवा गाउँपालिकाको वडा नं १ मा एमालेका समूह विजयी भएका छन् । वडाध्यक्ष पदमा एमालेका बाबुराम अधिकारी ५७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुवासचन्द्र योगीले ५१९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी एमालेबाटै महिला सदस्यमा हेमन्तीकुमारी कुमाल ६३२ मत, दलित सदस्य रेखा परियार ६१२ मत तथा खुल्ला सदस्यमा देवीलाल थारु ५६०, र डम्बर योगी ५६७ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी, रामपुर नगरपालिका– १ र १० मा नेकपा एमालेको पूरै समूह विजयी भएको छ । वडा नं १ मा वडाअध्यक्षका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कपिलबहादुर खाँणले ६२६ मत ल्याएका छन् । सो वडाका वडासदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै वडा नं १० मा पनि वडाध्यक्ष र सदस्यमा एमालेको पूरै समूह विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार लीलाबहादुर गाहाले एक हजार २१३ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका एकराज पाठकले ८४३ मत ल्याएका छन् ।

रामपुर नगरपालिकाको वडा नं १० मा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको थियो । बिहीबार साँझपखबाट मतगणना सुरु भएको रामपुर नगरपालिकामा– ८ वटा वडाको मतगणना बाँकी छ । रासस

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार ००:००