८ चैत्र २०८०, बिहिबार | Fri Mar 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चेश्वर– ६ मा राप्रपा विजयी



बैतडी । पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी भएको छ । पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गरे ।

महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी विजयी भएका छन् ।

यस्तै दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार २०० मत गनिसक्दा नगरप्रमुखमा राप्रपाका पुष्करराज जोशी ‘लख्खाभाइ’ले ८८, नेपाली कांग्रेसका नरेन्द्रसिंह थापाले ५१, नेकपा एमालेका देवदत्त भट्टले ३३ र माओवादी केन्द्रका खिमानन्द भट्टले १० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा राप्रपाकी अम्बिकादेवी भण्डारीले ६४, कांग्रेसकी मीना चन्दले ५८, एमालेकी सरस्वती नेपालीले २४ र माओवादी केन्द्रकी कमला कार्कीले १२ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००