१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा कांग्रेसको खाता



भीमदत्तनगर । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ ।

लेकम– १ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९५ र माओवादी केन्द्रका तारासिंह बोहराले १६१ मत प्राप्त गरेका छन् । सो वडामा कांगेसको पुरै प्यानल विजयी भएको छ ।

सो वडामा एक हजार ८० मत खसेको थियो । दार्चुलाका अन्य नगर तथा गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००