३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धाँधली भएको एमालेको निर्ष्कष, पुनःमतदानको माग



नेकपा (एमाले) ले सत्तारुढ दलहरूले विभिन्न जिल्लाका धाँधली गरेको आरोप लगाउँदै ती ठाउँहरूमा पुःनमतदान गराउन माग गरेको छ ।एमालेले अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्र, डोटीको केआईसिंह नगरपालिकामा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको दाबी गरेको छ ।

यसैगरि अछामको मेल्लेख, पञ्चदेवल ननगरपालिकाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारिया लगायतका ठाउँमा धाँधली गरेको आरोप लगाएका छन् । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बुधवार साँझ जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थिरता र आर्थिक विकासका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकलाई पनि धन्यवाद दिइएको छ । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार ००:००