८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ः३० बजेसम्म ५३ प्रतिशत मतदान



काठमाडौँ । दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आज भएको प्रदेश नं १, ५ र ७ को निर्वाचनमा अपराह्न १ः३० बजेसम्म ५३ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० मा प्राप्त विवरणअनुसार उदयपुर र डडेल्धुरामा ६५ प्रतिशत मतदान भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोलुखुम्बु, खोटाङ, भोजपुर लगायत १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।

बाँकी जिल्लामा पनि ५० प्रतिशतको हाराहारीमा मतदान भएको उनले जानकारी दिए । आज बिहान ७ बजेदेखि तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान भइरहेको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार ००:००