७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन विरोधी गतिविधिमा संलग्न पक्राउ



सुरुङ्गा (झापा) । निर्वाचन विरोधी गतिविधिमा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टिका पाँच र डा सिके राउतको पर्चा बाँड्दै हिँड्ने एक जना छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टिका मेची ब्युरो इन्चार्ज सुमन लिम्बू र सदस्य डिल्लीकुमार मैनाली, झापा जिल्ला इन्चार्ज उमेश अधिकारी, सेक्रेटरी तारा थापा र ‘जनसरकार’ प्रमुख सुमनसिंह पौडेल तथा गौरीगन्ज– ३ निवासी ४५ वर्षीया कैशीला महतो छिन् ।

उनीहरुलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए ।

किरियापुत्रीबाट मतदान

बिर्तामोडस्थित नेपाल खाद्य संस्थान मतदान केन्द्रमा बिर्तामोड– १ निवासी किरियापुत्री चेतनाथ तिम्सिनाको परिवारले मतदान गरेको छ । पिताको निधनपछि चेतनाथ तीन दिनअघिदेखि किरियामा रहेका छन् । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार ००:००