११ चैत्र २०८०, आइतबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए



राेल्पा । जनता आधारभूत विद्यालय धवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिकामा आगो लगाइ मतपत्र जलाएका छन् ।

रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ । उक्त मतदान केन्द्रमा हाल मतदान प्रक्रिया बन्द गरिएको छ ।

गुम्बागाउँमा मतदान सम्पन्न

बाजुरा । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ । तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताए । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार ००:००