१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा मतदान सुरु



विराटनगर । दोस्रो चरणको निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि मोरङमा मतदान कार्य सुरु भएको छ ।

यस जिल्लाको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका ६६९ वटा मतदान केन्द्रमा मतदान कार्य सुरु भइसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराएका छन् ।

मतदाताहरु उत्साहका साथ बिहानैदेखि मतदान केन्द्रमा पुगिरहेको देखिन्छ । बिहानैदेखि गर्मीको महसुस भइरहेको अवस्थामा आज आकाश बादलले ढाकिएका कारण मतदाताहरु गर्मीबाट राहतको अनुभूति गरिरहेका छन् । आकाश बादलले ढाकिएको भएपनि मोरङमा अहिले बिहान वर्षा नभएको कथम् कदाचित वर्षा भएपनि ठूलो परिमाणमा वर्षा हुने सम्भावना नरहेको देखिन्छ । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार ००:००