१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीमा निर्वाचन तयारी पूरा



बुटवल । रुपन्देहीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटाएका कर्मचारी, सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पुगेर काम थालिसकेका छन् । जिल्लामा बुटवल उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् ।

कुल ८४५ पदका लागि करिब चार हजार ४०० उम्मेदवार चुनावी मैदानमा उत्रिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमानाथ गौतमले जानकारी दिए । जिल्लामा ६ प्रमुख र ६ उपप्रमुख, १० अध्यक्ष र १० उपाध्यक्ष, १५५ वडाध्यक्ष, १५५ महिला सदस्य, १५५ दलित महिला सदस्य, ३१० वडा सदस्य र ३८ दलित वा अल्प सङ्ख्यक समुदायबाट स्थानीय तहका पदाधिकारी निर्वाचित हुने छन् ।

जिल्लामा निर्वाचनका लागि चार हजार ४४३ कर्मचारी खटिएका छन् । जिल्लामा दुई लाख २२ हजार १ सय ११ महिला, दुई लाख ४० हजार ४३० पुरुष र पाँचजना तेस्रो लिङ्गीसहित चार लाख ६२ हजार ५८६ मतदाता रहेका छन् ।

बुधबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए । जिल्लामा करिब ६ हजार सुरक्षाकर्मी परिचान गरिएको छ । विभिन्न १२ स्थानमा नेपाली सेनाको बम निष्क्रिय पार्ने टोली तयारी अवस्थामा राखिएको छ । रासस

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार ००:००