१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदान गर्न जाने यात्रुलाई सहज



चितवन । सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ ।

विस्तारको क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि दिउँसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो । वर्षात्संगै पहिरो खस्ने क्रम बढेको र निर्वाचनमा मतदान गर्न जानेका लागिसमेत अप्ठ्यारो परेपछि आजबाट सडकमा आवागमन नरोकिने भएको हो ।

सोमबार इदको बिदा परेकाले उपत्यकामा रहेका तीनवटा प्रदेशका मतदाता मतदानका लागि आआफ्नो गन्तव्यतर्फ जाँदै छन् । मध्यभागमा रहेकाले उनीहरुले नारायणगढ मुग्लिन सडकखण्ड प्रयोग गर्नुपर्ने हुन्छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कुनै पनि बेला पहिरो खस्न सक्ने भएकाले तयारी अवस्थामा उपकरण र जनशक्ति राखिएको बताए ।

सडकमा २४ सैँ घन्टा सुरक्षाकर्मी, ठेकेदार कम्पनी, आयोजनाका कर्मचारी र जनप्रतिनिधिसहितले अनुगमन गरिरहेकाले दुर्घटना हुन नदिन र यात्रुलाई सहज बनाउन लागिएको छ । रातको समयमा सडक रोक्ने तयारी भएको भए पनि निर्वाचनलाई केन्द्रित गरेर केही दिन दिउँसो र राति दुबै समय सडक सुचारु गर्न लागिएको उनले बताए । सो सडक हुँदै दैनिक ११ हजार सवारीसाधन आवातजावत गर्ने गर्दछन् ।

सो सडकमा हिजो दिउँसो ३ बजे खसेको पहिरो साँझ ७ बजे पन्छाएपछि दुई दिनयता भएको सवारी जाममा कमी आएको प्रहरीले जनाएको छ । मतदान गर्न घर फर्कनेको चाप सुरु भएको छ । रासस

प्रकाशित मिति : १२ असार २०७४, सोमबार ००:००