३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार



पोखरा । पश्चिम क्षेत्रअन्तर्गत प्रदेश नं ५ मा पर्ने लुम्बिनी अञ्चलका छ जिल्लामा यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

निर्वाचन तयारी सम्बन्धमा कार्यालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार गरिएको जानकारी दिँदै मतदातालाई भयरहित वातावरणमा मतदान गर्न पाउने गरी प्रभावकारी सुरक्षा प्रदान गरिने बताए ।

संवेदनशीलताका आधारमा मतदानस्थलमा सातदेखि २३ जनासम्म प्रहरी तथा म्यादी प्रहरी परिचालन गरिएको जानकारी दिँदै उनले यस क्षेत्रमा सात हजार २८० जना प्रहरी र सात हजार ८७५ म्यादी प्रहरी परिचालन गरिएको बताए ।

कुल १४ लाख दुई हजार ५७१ मतदाता रहेका यहाँका छ जिल्लाभित्र ३४६ अतिसंवेदनशील, २४५ संवेदनशील र सामान्य ३९१ मतदानस्थल रहेका छन् ।

सुरक्षा व्यवस्थालाई मजबुत बनाउन निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् गर्नुपर्ने सुरक्षा रणनीति तय गरिएको कुँवरले बताए । रासस

प्रकाशित मिति : १२ असार २०७४, सोमबार ००:००