८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन शान्तिपूर्ण हुनेमा ढुक्क हुन अाग्रह



खजुरा (बाँके) । दोश्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल कानुन पत्रकार समाज तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँकेद्वारा शुक्रवार नेपालगन्जमा आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रहरी, स्थानीय प्रशासन र निर्वाचन कार्यालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएकाले ढुक्क भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई आग्रह गरिएको छ ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउने कार्यमा सम्बन्धीत सबैले इमान्दारिपूर्वक उत्साहका साथ लाग्नुपर्नेमा जोड दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लामा भरपर्दो विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिँदै ढुक्क भएर मतदानमा सरिक हुन मतदातालाई आग्रह गरे ।

बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले सुरक्षा संवेदनशीलतालाई ख्याल राख्दै मतदातालाई अनुभूति हुने गरी सुरक्षा प्रदान गर्न सुरक्षा निकाय तयार रहेको बताए ।

क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले निर्वाचन आचारसंहितालाई सबै पक्षले पालना गर्नुपर्ने बताए । रासस

प्रकाशित मिति : १० असार २०७४, शनिबार ००:००