७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडाैं महानगरकाे विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई



काठमाडौँ, ८ असार । आगामी आर्थिक वर्षदेखि काठमाडौँ महानगरपालिकाले विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिने भएको छ ।काठमाडौँको विज्ञापन कर हालसम्म महानगरपालिकाले उठाउँदै आएकामा आगामी साउन १ गतेदेखि निजी क्षेत्रलाई दिन लागिएको महानगरका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए ।

उनका अनुसार जनशक्ति अभावका कारण विज्ञापन कर सङ्कलन गर्न निजी क्षेत्रलाई दिन लागिएको छ । महानगरपालिकाले विज्ञापन कर ४ करोड १८ लाख न्यूनतम तोके पनि निजी क्षेत्रले रु ८ करोड ६७ सम्म दिने भएका छन् । महानगरलाई तीन क्षेत्र बनाएर कर असुली गर्न लागेकाले सबैभन्दा बढी तिर्ने कबोल गरेका कम्पनीहरूलाई ठेक्का दिने तयारी गरेको छ ।

ठेक्कामा लिने कम्पनीले महानगरभित्र सबै स्थानको कर सङ्कलन गर्ने छन् । आगामी आवमा ८ करोड ६७ लाख वार्षिक रुपमा महानगरपालिकालाई उपलब्ध गराउने छ । आगामी आवमा ठेक्कासहित अनुमानित ९ करोड ३५ लाख विज्ञापन कर सङ्कलन हुने महानगरले अनुमान गरे पनि चालू आवको वैशाखसम्म छ करोड ५५ लाख विज्ञापन कर असुली गरिसकेको छ ।

काफ्लेका अनुसार सार्वजनिक निजी साझेदारी (पीपीपी) अन्तर्गत सञ्चालनमा रहेका स्थानमा महानगरपालिका आफैंले कर उठाउने छ । बसपार्क, सोलार प्यानल, आकासे पुललगायत स्थानको विज्ञापन कर भने महानगरले नै उठाउने छ । रासस

प्रकाशित मिति : ८ असार २०७४, बिहिबार ००:००