सल्लेरी (सोलुखुम्बु), ५ असार । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ४ मा दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी ४८ वर्षीया किरिमाया विश्वकर्मा निर्विरोध बन्नुभएको हो ।
आइतबार मनोनयन दर्ताका क्रममा अन्य सबै पदमा मुख्य दलले उम्मेदवारी दिए पनि ग्रीनभ्यालीको उपनामले चिनिने खुम्जुङ गाउँका लागि वडा नं ४ मा दलित महिला सदस्यमा किरिमायाको मात्रै उम्मेदवारी परेको र दाबी विरोधको समयमा पनि उनीविरुद्ध कसैले उजुरी नदिए पछि उहाँलाई निर्विरोध हुन बाटो खुलेको हो । रासस
प्रतिक्रिया