१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरमा एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल



विराटनगर । नेकपा (एमाले) र नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ ।

एमालेका मेयर पदको उम्मेदवार विनोद ढकाललाई लोकतान्त्रिक फोरमले सघाउने छ भने उपप्रमुखमा लोकतान्त्रिक फोरमका उपमेयरलाई एमालेले सघाउने सहमति भएको छ ।

यसबाहेक, वडामा दुबैबीच कुनै सहमति नभएको लोकतान्त्रिक फोरम नेपालका जिल्ला अध्यक्ष भक्तिनाथ माझीले जानकारी दिए । लोकतान्त्रिक फोरमले उपप्रमुख पदको उम्मेदवारको आजै टुङ्गो लगाउने माझीले बताए । रासस

प्रकाशित मिति : ३ असार २०७४, शनिबार ००:००