६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं. २ को स्थानीय निर्वाचनअसोज २ गते



काठमाडौँ, । सरकारले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभी गराउन भन्दै २ नं. प्रदेशको स्थानीय तहको निर्वाचन तेस्रो चरणमा मात्रै गर्ने भएको छ । प्रदेश नं १, २, ५ र ७ को निर्वाचन असार १४ गते गर्ने तयारी भए पनि राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान लिँदै आएको थियो । राजपालाई मनाउन भन्दै सत्तारुढ दलहरू २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्न सहमत भएका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सत्तारुढ दल र राजपाका शीर्ष नेताबीचको छलफल भएको थियो । अरू प्रदेशमा असार १४ गते नै निर्वाचन गर्ने र प्रदेश नं २ मा निर्वाचन आयोगको सहमति भएको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले निर्वाचनको मिति सार्ने सहमतिपछि राजपा निर्वाचनमा आउने अदावी गरिन् । साथै आयोगसँग आयोगसँग आवश्यक परामर्श गरेर थप निर्णयहरू गर्ने बताए ।

गृहमन्त्री जनार्दन शर्माले सुरक्षाका हिसाबले सबै प्रदेशमा निर्वाचन गर्न सकिने स्थिति भए पनि राजनीतिक सहमतिका आधारमा २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने विषयमा छलफल भएको बताए । यसअघि सत्तारुढ दलहरूले निर्वाचन आयोगसँग छलफल गर्दा आयोगले सकेसम्म निर्वाचनको मिति नसार्न सुझाव दिएको थियो । रासस

प्रकाशित मिति : १ असार २०७४, बिहिबार ००:००