५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचार सामग्री नहटाउँदा भक्तपुर कुरुप बन्याे



भक्तपुर । स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा जिल्लाका ४ नगरपालिका कुरुप बनेको छ । पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको एक महिना पुगेपनि राजनीतिक दलहरूले प्रयोग गरिएका प्रचार सामग्री नहटाउँदा भक्तपुरका ४ वटै नगरपालिका कुरुप बनेका हुन् ।

जिल्लाका भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा दलहरूको निर्वाचन सामग्री कसैले हटाएका छैनन् । निर्वाचन आचारसंहितामै निर्वाचन सकिएलगत्तै प्रचार सामग्री हटाउनु पर्ने व्यवस्था भए पनि कुनै पनि दल र सरकारी निकायले यसको कार्यान्वयन गरेका छैनन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले निर्वाचन सकिएलगत्तै त्यस्ता निर्वाचन सामग्री दलहरुले हटाउनु पर्ने आचारसंहिता रहेको बताए ।

आचारसंहिताअनुरुप काम नगर्दा निर्वाचन सामग्री रहेको उनले बताए । एतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाका भित्ताहरूमा ब्यानर, तूल, फ्लेक्स, निर्वाचन चिह्न र पार्टीका झन्डा अझै पनि रहेका कारण कुरुप बनेको हो । यसबारे विभिन्न दलका नेताहरूसँग जिज्ञाशा राख्दा केही दिनभित्रै प्रचार सामग्री हटाउने आश्वासन दिएका छन् । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७४, बुधबार ००:००