८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर नगरपालिकाकाे मेयर पदमा कांग्रेसकाे उम्मेदवार आले



भोजपुर । आन्तरिक विवादका कारण लामो समयपछि मङ्गलबार भोजपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारको टिकट विवाद टुङ्गिएको छ ।

नेपाली कांग्रेसले मङ्गलबार बिहान जिल्ला पार्टी सचिव कैलाशकुमार आलेलाई प्रमुखको टिकट दिने निर्णय गरेको हो । कांग्रेसको केन्द्रीय उम्मेदवारी विवाद समाधान समितिको बैठकले भोजपुर जिल्ला पार्टी समितिले गरेको निर्णयलाई वैधानिकता दिएको जिल्ला पार्टी कोषाध्यक्ष सफल किराँतीले जानकारी दिए ।

जिल्ला पार्टीले यसअघि नै पार्टी सचिव कैलाशकुमार आलेलाई प्रमुखको टिकट दिने निर्णय गरेपनि पूर्व जिल्ला पार्टी सभापति बालकृष्ण थापाले टिकटको दाबी गरेपछि विवाद भएको थियो । टिकट विवादका कारण चुनावी अभियान केही दिनदेखि सेलाए पनि अब द्रुतगतिमा अगाडि बढ्ने कोषाध्यक्ष किराँतीले बताए । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७४, बुधबार ००:००