१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका र नगरपालिकाले बजेट खर्च गर्न सकेनन्, आधाभन्दा बढीले दोस्रो किस्ता माग गर्न सकेनन्



रञ्जित तामाङ, काठमाडाैं । स्थानीय तह कार्यान्वयन हुँदा विनियोजन भएको बजेट आधाभन्दा बढी गाउँपालिका र नगरपालिकाले खर्च गर्न नसक्ने देखिएको छ । सरकारले गत चैतमा प्रतिस्थानीय तह १/१ करोड रुपैयाँ बजेट दिने गरि स्रोत सुनिश्चितता गरेको थियो । १ करोड रुपैयाँमध्ये पहिलो किस्तामा ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

५२ लाख रुपैयाँ खर्च गरेपछि त्यसको प्रगति बिबरण पेस गरेको आधारमा थप ४८ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय भएको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार अहिलेसम्म ३ सय ६१ स्थानीय तहले मात्रै थप रकम निकासाका लागी प्रगति बिबरण पेस गरेको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

ती स्थानीय तहहरूले दोस्रो किस्तामा १ अर्ब ७३ करोड रुपैयाँ माग गरेका छन् । बाँकी ३ सय ८३ स्थानीय तहले बिबरण पेस नगरेको मन्त्रालयका तामाङले जानकारी दिए । चालू आर्थिक बर्ष सकिन १ महिना मात्रै बाँकी छँदा पनि बजेट माग नगरिएको हुँदा खर्च गर्न नसकिने देखिएको हो ।

“अहिलेसम्म दोस्रो किस्ताको ४८ लाख रुपैयाँ कुनै पनि स्थानीय तहलाई विनियोजन भएको छैन,” तामाङले भने, “दोस्रो किस्ता माग गरेका स्थानीय तहहरूको बिबरण अर्थ मन्त्रालय पठाएका छौं, अब विनियोजन होला !”

अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले पनि पहिलो किस्ताको खर्च बिबरण प्राप्त भएका स्थानीय तहलाई दोस्रो किस्तावापतको ४८ लाख रुपैयाँ विनयोजन गर्ने तयारी भइरहेको बताए । “पहिलो किस्ता खर्च गरेर बिबरण बुझाउने स्थानीय तहले दोस्रो किस्ता पाउँछन्, नबुझाउनेले पाउँदैनन्,” पुडासैनीले भने । बिबरण बुझाउन नसक्नेमा अधिकांश गाउँपालिका र पुराना नगरपालिका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७४, मंगलबार ००:००