६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘तोकिएको समयमा निर्वाचन हुन्छ’



बझाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले तोकिएको समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् ।

नेपाली कांगेसको चुनावी सभालाई सम्बोधन गर्न बझाङ पुग्नुभएका पाण्डेले प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यसैवर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

सबैलाई सहमतिमा ल्याएर निर्वाचन सफल गराउन सरकार लागि रहेको पाण्डेको भनाइ थियो । राजनीतिक स्थिरता, संविधानको सफल कार्यान्वयन, समृद्धि र विकासका लागि कांग्रेसलाई विजयी गराउनुपर्ने उनले बताए ।

हरेक आन्दोलनमा लोकतन्त्रको रक्षाका लागि कांग्रेस लचिलो हुने गरेको केन्द्रीय सदस्य पाण्डेको भनाइ थियो । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७४, मंगलबार ००:००