१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय जनमोर्चाले उम्मेदवार टुङ्गो लगायो



रामपुर (पाल्पा) । राष्ट्रिय जनमोर्चा पार्टीले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख पदका उम्मेदवारको नाम टुङ्गो लगाएको हो । तानसेन नगरपालिकाको प्रमुखमा टीकाराम पौडेल र उपप्रमुखमा उमा सिञ्जाली, रामपुर नगरपालिकाको प्रमुखमा रेशम कँडेल र उपप्रमुखमा सावित्रा गैरेको नाम सिफारिस गरेको छ ।

यस्तै निस्दी गाउँपालिकाको अध्यक्षमा देवीलाल राना, पूर्वखोलाको अध्यक्षमा मानबहादुर बयम्बु, रम्भाको अध्यक्षमा मानबहादुर गाहा र उपाध्यक्षमा विमला सिञ्जाली, माथागढीको अध्यक्षमा रामकरण थापा, बगनासकालीको अध्यक्षमा प्रेम कुमाल, तिनाहुँको अंध्यक्षमा कमल थापा, रिब्दिकोटको अध्यक्षमा तिलक गाहा तथा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा परशुराम पोखरेल र उपाध्यक्षमा लक्ष्मी दर्लामीलाई उम्मेदवार बनाएको राष्ट्रिय जनमोर्चा पाल्पाले जनाएको छ । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७४, मंगलबार ००:००