दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरुले बहुमत पाए जिल्लालाई प्रादेशिक राजधानी बनाउने घोषणा गरेका छन् ।
एमालेले दाङलाई प्रादेशिक राजधानी बनाउन नदिएको भनी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गलत आरोप लगाएको दाबी गर्दै उनले देशभर एमालेको जनलहर आएको देखेर विपक्षीले आफ्नो पार्टी विरुद्ध गलत हौवा फैलाएको बताए ।
एमाले दाङले आइतबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी अहिलेसम्म सबै भन्दा राष्ट्रवादी र देश विकासमा अगाडि रहेको जनाए । रासस
प्रतिक्रिया