८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस बाँके शाखाद्वारा उम्मेदवारको टुङ्गो



खजुरा (बाँके) । नेपाली कांग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति किरण कोइरालाले बताए ।

कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जु चौधरीलाई उम्मेदवार तोकिएको छ । यसैगरी, पाँचवटै गाउँपालिकाको उम्मेदवार पनि कांग्रेसले टुङ्गो लाएको छ । खजुरा गाउँपालिकाको अध्यक्षमा नक्की खां र उपाध्यक्षमा दीपा आले, वैजनाथ गाउँपालिकाको अध्यक्षमा देवबहादुर खत्री र उपाध्यक्षमा भावना चौधरी, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा लाहुराम थारू र उपाध्यक्षमा धनीकुमारी खत्री उम्मेदवार बनेका छन् ।

यसैगरी, जानकी गाउँपालिकाको अध्यक्षमा छब्बन खां र उपाध्यक्षमा रामप्यारी यादव र नरैनापुर गाउँपालिकाको अध्यक्षमा रामचन्द्र मौर्य र उपप्रमुखमा अतिकुन्नी साह उम्मेदवार बनेका छन् । उम्मेदवारको टुङ्गो लागे पनि अझै केही असन्तुष्ट पक्षले विरोध जनाएका छन् । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७४, आइतबार ००:००