७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दियाका प्रमुख दल गाउँगाउँ पुग्न थाले



गुलरिया (बर्दिया) । मतदाता आकर्षित गर्न नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन् ।

बाढीपीडित, भूमिहीन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न होमिएका छन् ।

विसं २०७१ साउनको बाढीबाट बर्दियामा करिब तीन हजार ४०० भन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापितले पनि आफूलाई पुनर्वास नगराएसम्म मतदान नगर्ने चेतावनी दिन थालेपछि राजनीतिक दलले पनि उनीहरुका एजेन्डा समेटेर चुनावमा होमिएका हुन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले उठाएका अधिकांश चुनावी मुद्दा समान छन् । उनीहरूले पुनर्वास, लालपुर्जा, सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटनका विषयलाई चुनावी मुद्दासमेत बनाउन थालेका छन् । सदरमुकाम गुलरियामा डेरा जमाएर बसेका विभिन्न नेतालाई यतिखेर यस्ता मुद्दा लिएर गाउँगाउँ र टोलटोलमा जान भ्याई नभ्याई छ ।

बर्दियामा चुनावमा सहभागिता जनाउन २० दल दर्ता भएका छन् । हालसम्म कुनै पनि दलले नगरपालिकामा प्रमुख, उपप्रमुख र गाउँपालिकामा अध्यक्ष कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो नलगाए पनि आफ्नो पोल्टामा जित पार्न एजेन्डा लिएर आफ्नो दललाई जिताउन आग्रह गर्दै जनताको दैलोमा मत माग्न दलहरु व्यस्त रहेका छन् । यसैगरी, मुख्य तीन दलले वडाध्यक्ष र सदस्य छनोट गर्ने कामलाई पनि तीव्रता दिएका छन् । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७४, आइतबार ००:००