काठमाडौ महानगरपालिकाले नगरवासीको सिधा पहुँचका लागी आफ्नो जनप्रतिनिधीहरूको मोवाईल नम्बर सार्वजनिक गरेको छ । महानगरले मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) र वडाध्यक्षहरूको मोवाइल नम्बर सार्वजनिक गरेको छ । नगरवासीले जनप्रतिनिधीहरूका नम्बरमा सिधै सम्पर्क गर्न सक्नेछन् ।
स्थानीय खबरसँग मोवाईलमा संक्षिप्त कुरा गर्दै नगरबासीको सल्लाह, सुझाव र गुनासो सुनुवाईका लागी मोवाइल नम्बर सार्वजनिक गरेको बताए । “हामीलाई प्राप्त नगरबासीका गुनासो, सल्लाह सुझावको चाँडो सुनुवाई गर्न अफिसियल नम्बर लिएका हौं,” शाक्यले भने, महानगरपालिकासँग सम्बन्धित बिषयमा मेयर, उपमेयर र वडाध्यक्षहरूसँग नगरबासीले सम्पर्क गर्न सक्नुहुनेछ ।”
प्रतिक्रिया