६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिप्लव माओवादीका कार्यकर्ता पक्राउ



रुकुम । स्थानीय तहको चुनाव बिथोल्न खोजेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी रुकुमका १९ जनालाई रिहा गरेलगत्तै बुधबार फेरि पक्राउ गरिएको छ ।

वैशाख १९ गते पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढासहित १९ जनालाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरे पनि उनीहरुलाई फेरि प्रहरीले पक्राउ गरेको हो ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्न सक्ने भएकाले पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए । दोस्रो चरणको निर्वाचन नसकिँदै रिहा भए फेरि पक्राउ गर्ने भनिएपछि उनीहरु दोस्रो चरणको निर्वाचन सम्पन्न नहुँदासम्म हिरासतमै रहने भएका छन् । प्रहरी निरीक्षक रजालीले भने, “उनीहरु धरौटीमा रिहा भएका थिए तर दोस्रो चरणको निर्वाचनमा पनि उनीहरुले असर पुर्याउनसक्ने अनुमान गरिएकाले फेरि पक्राउ गरिएको हो ।”

आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा चुनौती बिप्लव माओवादीलाई लिएको प्रहरीले उनीहरुको गतिविधिप्रति निगरानी बढाइरहेको छ । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार ००:००