१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तरप्रदेश परिषद् सचिवालय स्थापना



काठमाडौँ । सरकारले नेपालको संविधान बमोजिम अन्तरप्रदेश परिषद्को सचिवालय स्थापना गर्ने कार्यअघि बढाएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पदबहाली गर्दै अन्तरपरिषद्को सचिवालय प्रधानमन्त्री कार्यालयमा स्थापना गर्न स्वीकृति प्रदान गरेका छन् । ।

नेपालको संविधानको धारा २३४ मा प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् गठन हुने उल्लेख छ ।

त्यस्तै, सम्पूर्ण सार्वजनिक क्षेत्रको सदाचार नीतिको मस्यौदा बनाई पेस गर्ने प्रस्तावमा प्रधानमन्त्री देउवाले हस्ताक्षर गरेको सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार ००:००