१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुरु गाउँपालिकामा कांग्रेस र माओवादीबीच तालमेल



तम्घास (गुल्मी) २४ जेठ । दोस्रो चरणअन्तर्गत हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागी गुल्मीको रुरु गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल हुने भएको छ ।

माओवादी केन्द्रले रुरु गाउँपालिका प्रमुखसहित दुईवटा वडा अध्यक्षमा र कांग्रेसले उपप्रमुखसहित चारवटा वडा अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले बताए ।

सहमतिअनुसार रुरु गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट यदु ज्ञवाली तथा उपप्रमुखमा कांग्रेसका देवेन्द्र मल्लले उम्मेदवारी दिनेछन् । यस्तै ६ वटा वडा रहेको सो गाविसको बङ्म्घा र बलेटक्सार वडाका अध्यक्षमा माओवादी केन्द्र तथा थानपती, रुरु, रिमुवा र ग्वादी गरी चारवटा वडा अध्यक्ष काँग्रेसलाई दिने सहमति भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि जिसीले बताए ।

एमालेले रुरु गाउँपालिकाको प्रमुखमा निलकण्ठ गौतम र उपप्रमुखमा लक्ष्मीदेवी पन्थलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह छन् । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार ००:००