७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसबाहेक सबै दलले उम्मेदवार टुङ्गो लगाए



नवलपरासी । दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहका लागि नेपाली कांग्रेस बाहेक सबै राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

विशेष गरी यी स्थानीय तहमा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपासहित ससाना दलले उम्मेदवार टुङ्गो लगाएका छन् । यद्यपि कांग्रेसलाई भने उम्मेदवार टुङ्गो लगाउन हम्मेहम्मे परेको छ ।

संविधान संशोधन भएमा निर्वाचनमा भाग लिने पक्षमा रहेका मधेस केन्द्रीत दलहरु पनि आन्तरिकरुपमा सम्भावित उम्मेदवार चयन गर्न लागिपरेको अवस्था छ ।

यता निर्वाचनमा भाग लिए मधेसकेन्द्रीत दल एक भएर निर्वाचनमा उम्मेदवारी दिने अन्तिम कसरतमा छन् । मधेसकेन्द्रीत दल बाह्यरुपमा उम्मेदवारको नाम सार्वजनिक नगरे पनि निर्वाचनमा सहभागी बने एकभएर अघि बढ्ने तयारीमा छन् ।

नवलपरासीको कुल स्थानीय तहको सङ्ख्या १५ छ । यसअगावै प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा प्रथम चरणमा गत बैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ । बाँकी सातवटा स्थानीय तहमा दोस्रो चरणमा असार १४ मा निर्वाचन हुँदैछ ।

विशेषगरी पहिलो चरणमा निर्वाचन नभएको प्रदेश नं ५ अन्तर्गतको नवलपरासीको क्षेत्र विस्तारै निर्वाचनमय बन्दै गएको छ । अब दोस्रो चरणमा निर्वाचन हुने स्थानीय तह सांसदीय क्षेत्रको हिसाबले क्षेत्र नं ४, ५ र ६ मा पर्दछ ।

सरकारले दोस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्ने ब्यापक तयारी गरिरहँदा नवलपरासीमा ठूला राजनीतिक दल कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चाबीच प्रतिस्पर्धा हुने अवस्था छ ।

प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहमा कुल एक लाख ८३ हजार १३ मतदाता संख्या रहेको छ । तीमध्ये ९३ हजार १७७ पुरुष, ९९ हजार ८३१ महिला र पाँचजना तेस्रोलिङ्गी मतदाता रहेका छन् । रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार ००:००