१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा ५१ जना तेस्रोलिङ्गी मतदाता



कलैया । नीलहिरा समाज बाराले जिल्लामा ९०० देखि एक हजारसम्म हाराहारीमा तेस्रोलिङ्गी रहेकामा स्थानीय तहको निर्वाचनमा ५१ जना मात्र मतदाता नामावलीमा नाम रहेको कुरा नीलहिरा समाज बाराका जयशङ्कर साहले बताए ।

जिल्लामा एक हजारसम्म तेस्रोलिङ्गी हुँदाहुँदै पनि मतदाता नामावलीमा नाम समावेश नहुनुको मुख्य कारण नागरिकता नभएका, नागरिकता भए पनि तेस्रोलिङ्गी नछुट्याएकाले गर्दा मतदाता नामावलीमा नाम कम हुन गएको साहले बताए ।

तीन लाख ३७ हजार ३९ मतदाता रहेको बारा जिल्लामा ५१ जना मात्र तेस्रो लिङ्गी मतदाता रहेको कुरा जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेश सराफले बताएका छन् । रासस

प्रकाशित मिति : २२ जेष्ठ २०७४, सोमबार ००:००