२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनबारे अन्तक्र्रिया कार्यक्रम



भद्रपुर । जिल्ला निर्वाचन कार्यालय भद्रपुर झापाद्वारा निर्वाचनलाई स्वच्छ, धाँधलीरहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता पालना गराउन विर्तामोडमा सरोकारवालसँग अन्तक्र्रिया गरिएको छ ।

एक दिने सो अन्तक्र्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता थियो ।

सो अवसरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत इन्द्र योङहाङले निर्वाचन आचारसंहिता विषयमा प्रतिवेदन प्रस्तुत र मतदाता शिक्षाका लागि एक वृतचित्र पनि प्रस्तुत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गणतन्त्रको फल जनताको घरदैलोसम्म पुर्याउन स्थानीय तहको निर्वाचनले धेरै ठूलो भूमिका निर्वाह गर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचनको समयमा शान्ति सुरक्षालाई बलियो बनाउन प्रहरी प्रशासनले कुनै पनि कसर बाँकी नराख्ने बताए । रासस

प्रकाशित मिति : २२ जेष्ठ २०७४, सोमबार ००:००