३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रद्वारा उम्मेदवारको टुङ्गो



बुटवल । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको घोषणा गरेको छ ।

केन्द्रले जिल्लाका १६ स्थानीय तहमध्ये १२ वटामा उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्रका रुपन्देही इन्चार्ज हकिउल्लाह खाँका अनुसार देवदह नगरपालिकाको नगरप्रमुखमा नवराज पुरी र उपप्रमुखमा टीका गौतम तथा सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा फैज अहमद खान र उपप्रमुखमा कमला थापालाई उम्मेदवार तय गरेको छ ।

यस्तै तिलोत्तमा नगरपालिकाको प्रमुखमा लक्ष्मण खनाल र उपप्रमुखमा राधिका पौडेल, सैनामैना नगरपालिकाको प्रमुखमा चेतनारायण न्यौपाने र उपप्रमुखमा दीपिका शर्मा तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुखमा हरिबहादुर यादव र उपप्रमुखमा कल्पना हरिजनलाई उम्मेदवार बनाएको छ ।

यसैगरी कञ्चन गाउँपालिकाको अध्यक्षमा विनोदकुमार पुन र उपाध्यक्षमा कुमारी घर्तीमगर, गैडहवा गाउँपालिकाको अध्यक्षमा पुस्परतन पाण्डे र उपाध्यक्षमा सरस्वती थारु, सिंहारी गाउँपालिकाको अध्यक्षमा गोपाल पोखरेल र उपाध्यक्षमा धनकुमारी थारु, ओमसतिया गाउँपालिकाको अध्यक्षमा हिराकुमार केबट र उपाध्यक्षमा सुन्दरमति कुमारी हरिजन, शुद्धोदन गाउँपलिकाको अध्यक्षमा गोविन्द चौधरी र उपाध्यक्षमा विष्णु कार्की तथा रोहिणी गाउँपालिकाको अध्यक्षमा प्रदीपकुमार पाण्डे र उपाध्यक्षमा सरस्वती गुप्तालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बुटवल उपमहानगरपालिका र मर्चवार क्षेत्रका मायादेवी, कोटही र मर्चवारी गाउँपालिकामा भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको नेता खाँले बताए । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार ००:००