७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टालटुल गरेको सडक जिम्मा लिँदै सडक विभाग



सोलुखुम्बु । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ ।

दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी गरेको छ ।

सोलुखुम्बुको सल्लेरीदेखि ओखलढुङ्गाको रमाइलो डाँडासम्मको करिब ५८ किलोमिटर सडक यही महिना ठेकेदार कम्पनीले सरकारलाई बुझाउने तयारी गरेको छ । हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले सडकको काम अन्तिम चरणमा पुगेको र अब छिट्टै सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिए ।

हतारहतार टालटुल पारेर सडक बनाइरहँदा सर्वसाधारणले सडकको गुणस्तरलाई लिएर चिन्ता व्यक्त गरेका छन् । मुक्लीका धनबहादुर गुरुङ भन्छन्– “एक वर्षमै सडकको हालत खराब भयो, अब टालटुल पारेको सडक अर्को वर्ष उस्तै हुन्छ, आखिर सडक पिच गरेको के अर्थ भयो र रु” गत वर्ष वर्षायामका समयमा सडकको अधिकांश भाग कालोपत्रे गरिएको थियो ।

सडकछेउका नहर पुनःनिर्माण गर्ने काम भइरहेको ठेक्केदार कम्पनीले जनाएको छ । हिमाली जिल्ला जोड्ने सोलुखुम्बु सडकखण्ड पर्यटकीय पदमार्ग प्रवेश गर्ने सडक पनि हो । सगरमाथा क्षेत्रमा खुम्बु पदमार्गमा जाने पर्यटकसमेत अहिले सडकमार्गमार्फत आउन थालेका छन् । सडक निर्माणमा लापर्बाही गरिएकाले छिट्टै भत्किने डरले पर्यटन व्यवसायी पनि चिन्तित छन् ।
सडक कालोपत्रेका लागि एसियाली विकास बैंकको ६० प्रतिशत र नेपाल सरकारको ४० प्रतिशत बजेट लगानी रहेको छ ।

सुरुमा एसियाली विकास बैंक ९एडिबी०को रु ४३ करोड र नेपाल सरकारको रु २२ करोड गरी रु ६५ करोड लागत इस्टमेट तयार पारिए पनि निर्माण सम्झौता अवधिमा काम सम्पन्न नगर्दा लागत पनि बढ्दै गएको ओखलढुङ्गा–सल्लेरी सडक आयोजनाले जनाएको छ ।

काम सम्पन्न नभएपछि ठेक्केदार कम्पनी लामा शर्मा ज्वइन्ट भेन्चर कन्स्ट्रसनले पटक पटक म्याद थप गरेको छ । टालटुल पारेको सडक जिम्मा लिने सन्दर्भमा हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजाल भएको कामको मूल्याङ्कनअनुसार ठेकेदार कम्पनीलाई भुक्तानी दिएर सडक जिम्मा लिने तयारी भएको बताउछन् तर सोलुखुम्बुवासी भने गुणस्तरहीन सडक बनाएर सोलुवासीको आँखामा छारोमात्र हालेको गुनासो गर्छन् । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार ००:००