६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा ५० प्रतिशत वडा कार्यालयविहीन



जेठ २०, जुम्ला । जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाको ५० प्रतिशत वडा कार्यालयविहीन छन् ।

साविकका ३० गाविस गाउँपालिका र नगरपालिकामा गाभिएका छन् । ती ३० गाविसमध्ये अधिकांश नगरपालिका र गाउँपालिकाको वडा बने पनि अझै कार्यालय स्थापना गनृ नसकिएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख हरिनारायण बेल्वासेले जानकारी दिए ।

“भाडामा लिएर होस् वा झुप्रामा कार्यालय खडा गरेर भए पनि वडाको काम थाल्न वडाध्यक्षहरूलाई आग्रह गरेका छौं,” बेल्वासेले भने ।

वडा कार्यालयको भौतिक संरचना तयार नभएकाले समस्या भएको उनको भनाई छ । एक हप्ताभित्रै जनताका काम सुरु हुने दाबी गरे । साथै वडा कार्यालयका लागि आवश्यक जग्गा र प्रशासनिक केन्द्र छनोटका लागी स्थानीयस्तरमा छलफल गर्न अध्यक्षहरूलाई सुझाव दिइएको उनले बताए ।

जिल्लास्तरीय स्थानीय तह सहजीकरण तथा कर्मचारी व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले नारायणप्रसाद सापकोटाले कर्मचारीसमेत अभाव रहेको बताए ।

पातारासी गाउँपालिकाका कार्यकारी अधिकृत रेम्बु चाम्लिङ राईले वडा कार्यालय र कर्मचारी केही हदसम्म व्यवस्थापन भएको दाबी गरे ।

तत्काल २२ कर्मचारीको दरबन्दीमा १८ कर्मचारीले काम गरिरहेको उनले बताए । अहिले जिल्लाका ८ वटै स्थानीय तहमा दुई/तीन वडाको काम संयुक्त रुपमा एक जना वडा सचिवले काम गरिरहेका छन् । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार ००:००