७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा



बैतडी । बदर मतको सङ्ख्या कम गराउन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलले घरदैलोसँगै मतदाता शिक्षा कार्यक्रमलाई व्यापक बनाएका छन् ।

पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणका निर्वाचन हुने जिल्लामा दलका कार्यकर्ता आफैँ बदर मत घटाउन अग्रसर भएका हुन् ।

घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि दिइरहेको नेपाली कांग्रेसका जिल्ला सचिव वीरबहादुर विष्टले बताए । उनले भने, “सकेसम्म मत बदर नहोस् भनेर लागेका छौँ ।” विष्टका अनुसार विभिन्न वडामा नमुना स्वास्तिक छाप र मतपत्रसहित अहिले पार्टीले मतदाता शिक्षा पनि दिइरहेको छ ।

नेकपा एमालेका जिल्ला सचिव लीलाधर भट्टले आफ्नो पार्टीले जिल्लामा प्रचारप्रसार अभियानसंगै मतदाता शिक्षामा पनि जोड दिएको बताए । पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले पहिलो प्राथमिकताका साथमा मतदाता शिक्षालाई घरदैलो सम्म पुर्याउन सबै तहका प्रचारप्रसार समितिलाई निर्देशन दिइएको छ । उनले भने, “सकेसम्म जिल्लामा मत बदर कम गर्न एमाले लागि परेकोछ ।”

नेकपा माओवादी केन्द्रका संयोजक प्रेमपकाश भट्ट पनि आफूहरु निर्वाचन प्रचारसंगै मतदाता शिक्षामा क्रियाशील रहेको बताउछन् । उनले भने, “घरदैलोमा गएका कार्यकर्ताले मतदातालाई मत बदर नगर्न सिकाइरहेका छन् ।”

त्यसैगरी जिल्ला निर्वाचन कार्यालयले पनि मतदाता शिक्षालाई जोड दिएको छ । मतसङ्केत कसरी गर्ने, कसरी बदर कम गर्ने विषयमा सचेतनामूलक काम जेठ ५ गतेदेखि भइरहेको कार्यालयका प्रमुख माधवप्रसाद फुयाँलले बताए । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार ००:००