२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दी बतासेमा झोलुङ्गे पुल निर्माण



२० जेठ, म्याग्दी । म्याग्दीको मालीका गाउँपालिका र देवीस्थानको सिमानामा झोलुङ्गे पुल निर्माण भएको छ ।

बतासेस्थित रितुङ खोलामा २६ लाख ५७ हजार रुपैयाँका लागतमा ६३.६ मिटर लामो झोलुङ्गे पूल निर्माण भएको छ । सो पुलबाट निस्कोट र ओखरबोटका २ सय ८३ घरधुरीका १ हजार ५५८ जनसङ्ख्या लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दुतबहादुर फगामीले बताए ।

२५।५२ मेट्रिक टन भारबहन क्षमता भएको यस पुल निर्माणका लागि जिल्ला समन्वय समितिअन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) ले २१ लाख ७१ हजार रुपैयाँ अनुदान दिएको थियो ।

स्वाप परियोजनाले २ लाख लाख ९४ हजार रुपैयाँ, साविक गाविस कार्यालयले ५२ हजार १४ हजार रुपैयाँ र उपभोक्ताले १ लाख ३९ हजार रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार ००:००