२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदी धमिलो हुन थालेपछि चिन्ता



सल्यान । कालीमाटी गाउँपालिका १ धुम्का गाउँमा बसोबास गर्ने मानिसहरु शारदा नदीको पानी वर्षात्मा धमिलो हुने भएपछि चिन्तित हुन थालेका छन् ।

वर्षौंदेखि खानेपानीको स्रोतका रुपमा नदीलाई प्रयोग गर्दै आइरहेका २५ घरपरिवार रहेको धुम्का गाउँका बासिन्दाले शारदा नदी किनारमा खाल्डो पारेर जम्मा गरेको पानी पिउनका लागि प्रयोग गरिरहेका छन् ।

वर्षायाममा नदीमा धमिलो पानी आउने र नदी किनारमा सफा पानी नहुने भएकाले समस्या पर्ने गरेको स्थानीयवासी गणेशबहादुर रेउलेले जानकारी दिए । नजिकमा पानीको स्रोत कतै नभएपछि वर्षौंदेखि समस्या भोग्दै आएको रेउलेको भनाइ छ ।

धमिलो र फोहर छ भन्ने थाहा पाउँदा पाउँदै विकल्प नभएपछि बाध्यताले खानेपानीको रुपमा प्रयोग गर्दै आएको स्थानीयवासी मीना रावतले जानकारी दिइन् । “गाग्रीमा पानी ल्याउँदा पानी धमिलो देखिन्छ, यो खाए रोग लाग्छ भन्ने पनि थाहा छ, विकल्प नै नभएपछि के गर्ने रु” रावतले भनिन् । नदीबाट पानी ल्याएर केही घन्टा राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

खानेपानीको समस्या भएको लामो समय बितिसक्दा पनि कसैको ध्यान नगएको स्थानीयवासी बुद्धिप्रसाद रेउलेले जानकारी दिए । “खानेपानीको समस्या लिएर जिल्लाका सबै सरोकारवाला निकायमा पुगिसक्यौँ तर कतैबाट समस्या हल भएन,” रेउलेले भने । नदीपारि एक घन्टा हिँडेर पानीको मुहान भए पनि पुल नहुँदा नदी तरेर पानी ल्याउन गाह्रो हुने गरेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार ००:००